बितेको २४ घण्टामा ४४८ मा कोरोना  संक्रमण, कुल संख्या ५०६२



काठमाडौ,जेठ ३० । विभिन्न जिल्लामा थप ४ सय ४८ जना कोरोना संक्रमित थपिएका छन  । पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनासहित देशैभर संक्रमितको संख्या ५ हजार ६२ पुगेको जानकारी दिए ।

पछिल्लो २४ घन्टामा १६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म देशभर ८ सय ७७ जना उपचारपछि घर फर्किएका छन् भने १५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्