बागमती प्रदेशमा शुक्रबार  एकैदिन ३९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौ,जेठ ३१ । बागमती प्रदेशमा शुक्रबार एकैदिन थप ३९ जनामा कोरोना पुष्टि भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हिजो थप ३९ जनामा कोरोना पुष्टि भएको हो । यससंगै बागमती प्रदेशभर कोरोना संक्रमितको संख्या १ सय ८४ पुगेको छ ।

शुक्रबार  प्रदेशमा थप हुनेमा नुवाकोटका १९ वर्षीय एक पुरुष,काठमाण्डौकी एक २६ वर्षीया महिला,चितवनका ८ वर्षीय पुरुष,धादिङबाट २७ वर्षीय पुरुष र २ महिला गरि २९ जना गरि जम्मा ३९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

पछिल्लो समयावधिसम्म बागमती प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ भने कोरोना निको भइ घर फर्किनेको संख्या ४३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्