पुर्व अर्थमन्त्री डाक्टर महतद्वारा नुवाकोटका स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान



नुवाकोट,जेठ ३१ । नेपाली काँगेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थ मन्त्री डा रामशरण महतले नुवाकोट जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेका छ्न। साथै डाक्टर महतले जिल्ला भित्र भैरहेको कोरोना संक्रमण रोकथाम तथा  नियन्त्रणका लागि गरिएको पूर्वतयारीको अवलोकन समेत गर्नुभएको थियो ।

अवलोकनका साथै पुर्वअर्थमन्त्री महतले शिवपुरी, दुप्चेश्वर, तादी, सुर्यगढि, पन्चकन्या र लिखु गाउँपालिकामा निर्माण भएका क्वारेन्टिन र क्वारेन्टिनमा रहेका नागरिकको अबस्थाको बारेमा त्यहाँका जनप्रतिनिधिसंग  जानकारी समेत लिनुभएको थियो  ।

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा काँग्रेस महासमिति सदस्य रमेशकुमार महत, जिल्ला समन्वय नुवाकोटका प्रमुख सन्तमान तामाङ, सदस्य जगदिश फुयाल, जिपि फाउन्डेसन नुवाकोटका अध्यक्ष रमेशकुमार पाठक, नेपालि कांग्रेस महाधिवेशन प्रतिनिधि एंव नेवि संघ क्षेत्रीय अध्यक्ष कृष्ण मिश्र लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्