भारतमा कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो



एजेन्सी ,जेठ ३१ ।  भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। पछिल्लो तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या  ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ३ सय २० जना संक्रमित थपिएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

योसंगै भारतमा शनिबार बिहानसम्म ३ लाख ९ हजार ६ सय ३ जना संक्रमित भेटिएको पुष्टि भएको छ।

भाइरस संक्रमणकै कारण भारतमा ८ हजार ८ सय ९० जनाको मृत्यु भैसकेको छ । भाइरसबाट मुक्ति पाई घर फर्किनेको संख्या भने १ लाख ५४ हजार २ सय ३१ जना रहेको तथ्यांक सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्