शनिबार थप २७३ जनालाई कोरोना संक्रमण,कुल संख्या ५३३५



काठमाडौ ,जेठ ३१ । शनिबार  विभिन्न जिल्लामा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्ला थप २ सय ७३ जनासहित देशैभर संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको जानकारी दिए ।

पछिल्लो २४ घन्टामा थप ३६ डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म उपचारपछि ९ सय १३ जना घर फर्किएका छन् भने १६ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्