कालापानी सहितको नक्सा समेटिएको खुशीयालीमा नुवाकोटमा दीप प्रज्वलन(भिडियो )



नुवाकोट,जेठ ३२ । संसदबाट पारित नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको खुशीयालीमा नुवाकोटको विभिन्न स्थानमा शनिवार साँझ दीप प्रज्वलन गरिएको छ ।

शनिवार बेलुकी छुट्टाछुट्टै समूहले नुवाकोटको छुट्टाछुट्टै स्थानमा दीप प्रज्वलन गर्दै खुशीयाली व्यक्त गरेका थिए। राष्ट्रवादि युवा समुहले विदुरमा र दारी ग्याङ नुवाकोटले बट्टार चोकमा दिपावलीको आयोजना गरेको हो । दिपावली कार्यक्रममा सयौँ युवाहरुको सहभागिता रहेको थियो ।

दिपावलीमा सहभागिहरुले रााष्ट्रियताको नारा लगाउदै प्रधानमन्त्री केपी शर्मा ओलीको उच्च सम्मान गरेका थिए ।

भिडियो हेर्नुस्

भिडियो श्रोत:नवीन प्रधान

प्रतिक्रिया दिनुहोस्