पर्वत पहिरो अपडेट:मृतकको संख्या ५ पुग्यो



पर्वत,जेठ ३२ । शनिबार साँझको पानीपछि माथिबाट आएको पहिरोले पुरिँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । बेपत्ता २ जनाको शव आइतबार विहान प्रहरीले फेला पारेसंगै मृतकको संख्या ५ पुगेको हो । ३ जनाको शव भने शनिबार राति नै भेटिएको थियो ।

जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार साँझको पानीपछि माथिबाट आएको पहिरोले पुरिँदा उनीहरु पुरिएका हुन ।

अझै ४ जना बेपत्ता रहेको र खोजी कार्य जारी रहेको पर्वतका प्रहरी प्रवक्ता बृद्धि बहादुर सुवेदीले जानकारी गराए ।

हालसम्म ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापाको सनाखत भएको छ भने बाँकीको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्