सोमबार एकै दिन ४५१ कोरोना संक्रमित थपिए,कुल संख्या ६२११



काठमाडाैँ,असार १ । साेमबार एकैदिन ४५१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार थप ४५१ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६२११ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा डिस्चार्ज हुनेकाे संख्या ६७ रहेकाे छ । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । जसमध्ये अहिलेसम्म १९ जनाको मृत्यु भएकाे छ । कुल ७३ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्