सरकार विरुद्ध नेविसंघको प्रदर्शन



काठमाडौ,असार १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडकमा उत्रिएर नारावाजी गर्दै प्रदर्शन गरेका छन ।

कोरोना संक्रमण नियन्त्रणमा सरकारको असक्षमताको आरोप लगाउदै उनीहरु सरकारको बिरोधमा उत्रिएको बताएका छन् ।

सोमबार प्रदर्शनका क्रममा सहभागीहरुले कोरोना रोकथाम र नियन्त्रणमा खर्च भएको भनिएको १० अर्बको हिसाबकिताब माग्दै सबै जनताको ‘पीसीआर’ परीक्षणको माग गरेका थिए ।

पछिल्लो क्रममा सरकार भ्रष्टाचारमा लिप्त भएको र सरकारकै कार्यशैलीका कारण सर्वसाधारणले दुःख पाएको उनीहरुको आरोप छ।

नेविसंघकी महामन्त्री उर्मिला थपलियाले ‘क्वारेन्टिन’ व्यवस्थापनमा सरकार चुक्दा जनताले ज्यान गुमाउनुपरेको र क्वारेन्टिनमै महिला बलात्कारको सिकार हुन थालेपछि सडकमा उत्रिन बाध्य भएको बताइन् ।

उनीहरुका अनुसार समस्या समाधान नभएसम्म आन्दोलनलाई निरन्तरता दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्