वडा कार्यालय भवन निर्माणका लागि ८० लाख बराबरको जग्गा दान



नुवाकोट,असार ६ ।  नुवाकोटको लिखु गाउँपालिका वडा नं १ को वडा कार्यालय भवनको निमार्णको लागी स्थानिय धर्मदत्त लामिछानेले १ रोपनी (८० लाख) बराबरको जग्गा दान गरेका छन् ।

उनले लिखु गाउपालिका वडा नं १ राममन्दिर स्थित कित्ता नं ७०१६ र ४१२९ को १ रोपनी जग्गा वडा नं १ लाई निशुल्क दान गरेका हुन् । 

क्रबार लिखु गाउपालिका वडा नं १ को भवन शिलन्यास कार्यक्रममा उनलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिती नुवाकोटका प्रमुख सन्तमान तामाङ, लिखु गाउपालिकाका प्रमुख धु्रव श्रेष्ठ, उपाध्यक्ष रोजिना राई लगायतले उनलाई सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा उनले भवन निर्माण गर्दै जादा जग्गा आवश्यक भए आफुले अरु जग्गा दिने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् । लिखु गाउपालिकाको कुनै पनि वडाको आफ्नै भवन नभएको अवस्थामा जग्गा उपलब्ध भएसंगै  वडा नं १ ले शुक्रबार बाट भवन निर्माणको काम सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्