विभिन्न जिल्लामा थप ३३१ संक्रमित,कुल संख्या ८६०५ पुग्यो



काठमाडौ,असार ६ । विभिन्न जिल्लामा थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय ३१ जनासहित देशभर संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको जानकारी दिए ।

अहिलेसम्म संक्रमितमध्ये १ हजार ५ सय ७८ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्