नुवाकोटको शिवपुरीस्थित रोपाइँमा हिलो छ्याप्नेनै रोपारको फन्दामा परेपछि [हेरौं रमाइलो भिडियो ]



नुवाकोट,असार ६ । नुवाकोट जिल्लाको शिवपुरी  गाउँपालिका २ छापमा रोपाइँ सुरु भएको छ । सिँचाइको पर्याप्त व्यवस्था नभएपनि वर्षातका कारण  गाउँपालिकाको वडा नम्बर २ स्थित छापको  दक्षिण क्षेत्रको माथिल्लो भेगमा पर्ने मेले खेतको रोपाइँ सुरु भएको हो ।

सिँचाइ सुविधाको उपयुक्त व्यवस्था नभएकाले आकाशे पानीको मौका छोपेर मेले फाँटको सयौं रोपनी खेतमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको स्थानीय आशिष लामाले बताए ।

शुक्रबार रोपाइँमा सहभागी थिए १५ जना लाठे,३० जना रोपार । लकडाउनका कारण गाउँ भित्रने युवायुवतीको जमात थियो खेतालाको रुपमा। शहरमा ब्यवसाय तथा अध्ययन गरेर बसेका युवायुवती दवदवे हिलो देख्दैमा रोमान्चित बनिसकेका थिए। शहरको कोलाहलबाट गाउँ गएका बिक्रम,अरुण र पुर्ण रोपारहरुलाई हिलो छ्याप्ने र भाग्ने दृष्ट्रताका साथ आलिमा पुगे। कसैको हेपाई नसहने सरिता र रन्जना स्थानीय युवा सङ्गीसामु जाई लागि हाले।हिलो छ्याप्ने र भाग्ने दाउमा लागेका युवाहरु युवती को फन्दामा परे।र घमासान हिलो पर्व सुरु भैहाल्यो।

सो वडामा गतवर्ष मुहान देखि मेलेखेत योजना तीस लाखको योजना परेको थियो । सरकारी तवरबाट विनियोजित रकमबाट पक्की सिँचाइ कुलोको व्यवस्था तदारुकताका साथ नगरिँदा किसानहरुले सास्ती व्यहोर्दै आएका छन् ।

आगामी आर्थिक वर्षमा गाउँपालिकाबाट चाहिँदो बजेट पाउन सकेमा कुलो सुधार हुने आशमा त्यस क्षेत्रका किसानहरुको रहेको छ। विशेषगरी त्यस भेगमा जेठ अन्तिमदेखि असारमा मध्ये र साउनमा सकाउने गरी धान रोपाइँ गरिने चलन छ । कोदो रोपाइँ भने असार-साउन नै चलिरहन्छ । पर्मा लगाउने र केही ज्याला दिएर समेत स्थानीयले खेती गर्दै आएका छन् ।

स्थानीय युवायुवती हिलो खेल्दै:हेर्नुस् रमाइलो भिडियो

प्रतिक्रिया दिनुहोस्