सुर्य ग्रहण हेर्दा कुन कुन राशिलाई  फाइदा ?



काठमाडौ,असार ७ । आज बिहान १०:४२ मा सुर्य ग्रहण लाग्दैछ भने अन्त  साढे दुई बजे अन्त हुनेछ। आज लागेको सूर्य ग्रहण नेपालको पश्चिम भूभागबाट सबैभन्दा शुरुमा देखिनेछ त्यस्तै  पूर्वी भूभागबाट सबैभन्दा अन्तसम्म देख्‍न सकिनेछ ।

नेपालबाट सबैभन्दा पहिला धनगढीबाट १०:४२ मा सूर्यग्रहण देखिनेछ। त्यसपछि क्रमशः पूर्वतिरबाट ग्रहण देखिँदै जानेछ। काठमाडौंमा भने १०:५३ मा सूर्यग्रहण देख्‍न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले बताए।

नेपाल पञ्‍चांग निर्णायक समितिका अनुसार आज बिहान लाग्‍ने सूर्यग्रहण हेरे विभिन्‍न राशी भएका व्यक्तिलाई अलग-अलग फल प्राप्त हुनेछ। समितिका अनुसार शनिबार ग्रहण हेरे मेष राशीलाई श्री प्राप्ति, बृष राशीलाई क्षति हुनेछ । यस्तै, मिथुन राशीलाई घात, कर्कट राशीलाई खर्च बढ्ने, सिंह राशीलाई लाभ र कन्या राशीलाई सुखदायी हुने योग छ।

यस्तै, तुला राशीलाई मान हानी, बृश्चिकलाई कष्ट, धनु राशीलाई स्त्री पीडा, मकर राशीलाई सुख मिल्ने र कुम्भ राशीलाई चिन्ता बढ्ने योग रहेको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्