नेकपा लिखुले बुझायो गाउँपालिकालाई ज्ञापनपत्र



नुवाकोट,असार ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) लिखुले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ। सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लिखुका अध्यक्ष मेघनारायण श्रेष्ठ र सचिव विवेक ढकालद्वारा संयुक्त हस्ताक्षरित ज्ञापनपत्र गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठलाई बुझाइएको हो।

ज्ञापनपत्र बुझाउदै नेकपा लिखुका अध्यक्ष मेघनारायण श्रेष्ठले गाउँपालिकाको उन्नति,प्रगति,बिकास र समृद्धिका निम्ति गाउँपालिकाद्वारा संचालित बिकास निर्माण तथा विविध गतिविधि जनता उन्मुख हुनुपर्ने माग गर्नुभयो ।

त्यस्तै नेकपा लिखु गाउँपालिकाका सचिव विवेक ढकालले गाउँपालिका भित्र कतिपय अवस्थामा कर छली,गाउँपालिका मातहतका सवारीसाधनको चरम दुरुपयोग जस्ता गतिविधि भैरहेकाले यस्ता गतिविधि तत्काल रोक्न माग गर्नुभयो ।

नेकपा लिखु गाउँपालिकाका अध्यक्ष श्रेष्ठ र सचिव ढकालद्वयले हस्ताक्षर गरिएको ज्ञापनपत्रमा नदिजन्य पदार्थ उत्खनन सिफारिस समितिको बैठकबाट नदी उत्खननको सिफारिस गरिएको हो या मनोगत अनुमति दिइएको त्यस्को बारेमा गाउँपालिकाको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिएको छ।

गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले  विगतमा नेकपाको माग र सल्लाहलाई पुर्णरुपमा सम्बोधन गरेको बताउनुभयो। थप सल्लाह र सुझावलाई आगामी दिनमा उच्च मुल्यांकनसहित कार्यक्रम योजना तर्जुमा गरिने बताउनुभयो । सेवा क्षेत्र मातहतका कुनैपनी कार्यक्रम तथा योजना सर्वपक्षीय सहमति विना अगाडि बढ्न नसकिने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा लिखु गाउँपालिकाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको स्थानीय युवा प्रकाश डङोलले बताए।

ज्ञापनपत्रको प्रती यहाँ राखिएको छ:-

प्रतिक्रिया दिनुहोस्