सोमबार थपिए ५३५ संक्रमित,कुल संख्या ९५६१ पुग्यो



काठमाडौ,असार ८ । सोमबार विभिन्न जिल्लामा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा ५ सय ३५ जना थपिएसँगै देशभर संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये अहिलेसम्म २ हजार १ सय ४२ जना उपचारपछि निको भइ घर फर्किएका छन् भने २३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्