त्रिशुली अस्पतालले पायो एनेस्थेसिया मेसिन,अब विना अक्सिजन उपचार हुने



नुवाकोट, असार ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिशुली अस्पताललाई महत्त्वपूर्ण एनेस्थेसिया मेसिन उपलब्ध गराएको छ। यसअघि बागमती प्रदेश सरकारले एकसय शैय्याको बिशिष्टिकृत सेवासहितको अस्पतालको रुपमा रुपान्तरण गर्न त्रिशूली अस्पताललाई आवस्यक बजेट ब्यवस्थापन समेत गरिसकेको थियो । अस्पताललाई थप स्वास्थ्य उपकरणहरुको दृष्टिले सुदृढ बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महत्वपूर्ण मेशिन उपलब्ध गराएको हो ।

उक्त मेसिन निक साइमन फाउण्डेशनले मन्त्रालयमार्फत अस्पताललाई प्रदान गरेको हो । सोमबार त्रिशूली अस्पतालमा आयोजित एक कार्यक्रमका बिच बागमति प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डे र प्रदेशसभा सदस्य बद्री मैनाली लगायतले त्रिशूली अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन।

कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पंडितले त्रिशूली अस्पतालको एकसय शैययाको बिशिष्टिकृत सेवासहित प्राप्त एनेस्थेसिया मेशिन पछि यसका लागि आवस्यक पूर्वाधार र जनशक्ति बिकास तथा प्रबन्ध मिलाईने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रदेश सभाका प्रमुख सचेतक पाण्डे र प्रदेश सभा सदस्य मैनालीले एनेस्थेसिया मेशिनको प्राप्तिसंगै सामान्य शल्यक्रियाका लागि हजारौं खर्च गरेर राजधानी काठमाडौ जानुपर्ने बाध्यताको अन्त्य हुने भनाइ ब्यक्त गरेका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रेस सल्लाहकार माधबराज तिवारीले एनेस्थेसिया मेसिन बिरामीलाई पूर्णतः बेहोस बनाउने मेसिन भएकाले इञ्जिनीयरको परामर्श तथा तालिमपछि मेशिन सञ्चालन गर्न सकिने जानकारी दिए ।

निक साईमन्स मार्फत उक्त मेशिन त्रिशूली अस्पताल ल्याउन निरन्तर पहल गरिरहेका नुवाकोट सरोकार समाजका महासचिव अनुजकुमार श्रेष्ठका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा आवश्यकपर्ने भेन्टिलेटरसहितको उक्त उपकरणको मूल्य करिब २३ लाख रुपैयाँ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्