नेपाली काङ्ग्रेस लिखुले बुझायो गाउँपालिकालाई ज्ञापनपत्र (भिडियो)



रगतको खोलो बगाउँन तयार छौ -बिनोद पाठक(भिडियो )

नुवाकोट,असार ९ । नेपाली काङ्ग्रेस लिखुले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ। काङ्ग्रेसका गाउँपालिकाका कार्यबाहक सभापति बिनोद पाठकको नेतृत्वमा रहेको एक टोलीले गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ तथा  उपाध्यक्ष रोजिना राईलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझाउदै सभापति पाठकले
बुधबार हुन गइरहेको गाउँपालिकाको बजेटले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि महत्त्वपूर्ण योजना ल्याउन माग गर्नुभयो।बिदेशबाट फर्किएकालाई उच्च संमानसहित रोजगारीको प्रबन्ध गर्नुपर्ने,किसानको हकहितका लागि बजेट आउनुपर्ने काङ्ग्रेसको माग छ।

कतिपय अवस्थामा गाउँपालिकामा भैरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै काङ्ग्रेसले कर छुट गर्ने क्रममा सबैलाई समान अवसरको प्रत्याभूत गराउन समेत गाउँपालिकालाई अनुरोध गरेको नवराज थापाले बताए।

ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले नितिगतरुपमा गाउँपालिकाको बजेट सेवा क्षेत्रका जनताको हित र संरक्षणका निम्ति आउने कुरामा विश्वस्त रहन आग्रह गरे।

ज्ञापनपत्र बुझाउदै स्थानीय कार्यक्रमबारे प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष श्रेष्ठसंग माग्दै लिखु काङ्ग्रेसका सभापति विनोद पाठक

प्रतिक्रिया दिनुहोस्