पञ्चकन्या गाउँपालिकाको बजेट ४० करोड ९३ लाख ५५ हजार (पुर्ण पाठ)



नुवाकोट,असार १० । पञ्चकन्या गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४० करोड ९३ लाख ५५ हजार  रुपैयाँको बजेट ल्याएको छ।

गाउँपालिकाको नवौ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सीता पराजुलीले आव २०७७/७८ को वार्षिक योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

उपाध्यक्ष पराजुलीले आर्थिक वर्ष २०७५/०७६ को यथार्थ आय व्यय विवरण, आव २०७६/७७ को शंसोधित आय व्यय अनुमान समेत प्रस्तुत गरेका छन्।

गाउँसभाको उद्घाटन गर्नुहुदै संघीय सांसद हितबहादुर तामाङका साथमा बागमती प्रदेश सभाका उपसभामुख राधिका तामाङ र प्रदेश सभा सदस्य बद्री मैनाली

गाउँपालिकाको सभाको उद्घाटन संघीय सांसद हितबहादुर तामाङ,बागमती प्रदेशका उपसभामुख राधिका तामाङ,बागमती प्रदेश सभा सदस्य बद्री मैनालीले संयुक्त रुपमा मंगलबार गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै संघीय सांसद हितबहादुर तामाङले पञ्चकन्या गाउँपालिकाले भावी दिनमा सुशासन ,दीगो विकास र लोकतान्त्रिक अभ्यासको नमुना   प्रस्तुत गर्ने अपेक्षा लिएको बताउनुभयो ।

गाउँसभाका सदस्यहरुका अतिरिक्त राजनीतिक दलका प्रतिनिधिहरुलाई समेत सहभागी गराइएको उक्त ९ अौँ गाउँसभाको उद्घाटन समारोहमा बोल्दै संघीय सांसद तामाङले विकास निर्माण र जनसेवाको सवालमा सामाजिक सद्भाव र राजनीतिक एकता सधैं  अावश्यक रहेकाले जनताको लामो संघर्ष पछि प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै संविधानको प्रभावकारी कार्यनयनको स्थानीय पालिकाले विशेष जोड दिनुपर्ने बताउनुभयो ।

गाउँपालिकाको कार्यक्रम दिगो तथा स्तरीय बनाउन अहोरात्र खटिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) ले बताउनुभयो।

बजेटको पुर्ण पाठ हेर्नुस्

प्रतिक्रिया दिनुहोस्