मकवानपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गयो



मकवानपुर,असार ११ । मकवानपुर जिल्लास्थित बकैया गाउँपालिकामा गएराती  चट्याङ लागेर २ जनाको ज्यान गएको छ । भने एक जना गम्भीर घाईते भएका छन् ।

मृत्यु हुनेमा गाउँपालिकाको वडा नम्बर २ कालापानीका स्थानिय २५ वर्षीया विना घिसिङ र १४ वर्षीया सम्झना घिसिङ रहेका छन् ।

बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेका अनुसार चट्याङ लागेर सोहि स्थानका १४ वर्षीय किरण जिम्बा गम्भीर घाईते भएका छन्।

उनको स्वास्थ्य चौकी धियाँलमा उपचार भईरहेको छ बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्