बितेको २४ घण्टामा ४३४ मा कोरोना संक्रमण,कुल संख्या १११६२ पुग्यो



काठमाडौ,असार ११ । बितेको २४ घन्टामा विभिन्न जिल्लामा थप ४ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।योसंगै देशैभर कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । देशैभर कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

संक्रमितमध्ये २ हजार ६ सय ५० जना उपचारपछि घर फर्किएका छन् भने २६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्