प्युठानमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो



प्युठान,असार १३ । जिल्लाका सबै स्थानीय तहमा कोरोना फैलिएको छ। नौवटा स्थानीय तहमध्ये झिमरुक गाउँपालिकामा सबैभन्दा पछि कोरोना संक्रमण देखिएको हो।

शुक्रवार साझ प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा झिम्रुक गाउँपालिकाका ७ जना, माण्डबी गाउँपालिकाका ३७ जना, र नौवहिनि गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठले दिएको जानकारी अनुसार जिल्लामा संक्रमितको कुल संख्या २५८ पुगेको छ। सुक्रबार साँझ मात्रै प्यूठानमा थप ४७ जनामा कोरोना भेटिएको हो।

जसमा १७ वर्षदेखि ६० वर्ष उमेरसम्मका ४४ पूरुष र ३ जना महिलामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा धेरै जसो भारतबाट आएकामा कोरोना देखिएको हो।

प्युठानमा २ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्।

कुन स्थानीय तहमा कति संक्रमित हेर्नुहोस।

प्यूठान नगरपालिका : ७६

माण्डबि गाउपालिका : ६९

स्वर्गद्धारी नगरपालिका :२६

नौबहिनी गाउपालिका : २६

ऐरावती गाउपालिका : ३३

सरुमारानी गाउपालिका ९ जना

मल्लरानी गाउपालिका : ९

झिमरुक गाउपालिका : ७

गौमुखी गाउपालिका : ३

प्रतिक्रिया दिनुहोस्