मकवानपुरमा पनि देखियो सलह किरा

हेटौँडा,असार १३ । मकवानपुरको पुर्वी क्षेत्रमा सलह किरा देखिएको छ । शनिबार बिहान मात्र नेपालको बारा तथा सर्लाहीमा देखिएको सलक किरा मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका तथा हेटौँडाको वडा नंबर १८ को केहि क्षेत्रमा समेत देखिएको हो ।
मकवानपुरसँग सिमाना जोडिएको बारामा देखिएको सलह किरा बकैया गाउँपालिकाको वडा नंबर १, २, ४,५ तथा ७ नंबर वडाको विभिन्न क्षेत्रमा देखिएको हो ।
सलह आएको विषयमा आफुलाई स्थानीय जनप्रतिनिधि तथा नागरिकहरुले खबर गरिसकेको जनाउँदै बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले यो विषयमा थप जानकारी लिईरहेको बताईन् । बकैया वडा नंबर ७ हात्तिखोलाका अनुराज फुँयालले हजारौको संख्यामा सलह किरा देखिएको बताए ।
यता बकैया ४ का विष्णु थापाले आज बिहानैबाट हजारौको संख्यामा सलह देखा परेको जानकारी दिएको खबर ब्रेकले समाचार उल्लेख गरेको छ।