नुवाकोटमा कोरोना संक्रमितको संख्या २३ पुग्यो



नुवाकोट,असार १३ ।नुवाकोटमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।शनिबार तारकेश्वर गाउँपालिकाका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २३ पुगेको हो ।

संक्रमितहरु ६,१९,२०,२५,२९ र ४५ वर्ष उमेरका छन। स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार संक्रमितहरु त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा रहेका छन। नुवाकोट जिल्लाको १२ स्थानिय तहमध्ये विदुर नगरपालिका,वेलकोटगढी नगरपालिका,ककनी गाउँपालिका ,म्यागङ गाउँपालिका ,तारकेश्वर गाउँपालिका ,तादी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकासहित ८ स्थानिय तहका कोरोना संक्रमित भेटिएको छ ।

संक्रमितमध्ये अहिले त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा १० जना, तादी गाउँपालिकाको खरानीटार अस्पतालमा ३ जना र टेकु अस्पतालमा एक जना उपचार गराइरहेका छन् ।  नुवाकोटका ९ जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्