थप ४७६ मा कोरोना संक्रमण,संक्रमितको संख्या १३ हजार नाघ्यो



काठमाडौ,असार १५ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार नाघेको छ । सोमबार मात्रै देशभर ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने एकजनाको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थप ४ सय ७६ जना संक्रमित फेला परेसँगै देशैभर कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको हो ।

संक्रमितमध्ये ३ हजार १ सय ३४ जना उपचारपछि घर फर्किएका छन् भने २९ जनाको कोरोनाका कारण ज्यान गएको छ

प्रतिक्रिया दिनुहोस्