दाङमा ४५ प्रतिशत रोपाइँ सकियो



दाङ,असार १६ । दाङ जिल्लामा  विभिन्न ठाउँमा रोपाइँ सम्पन्न भएको छ ।

मल र समयमै पानी  परेकाले यो वर्ष किसानले समयमै रोपाइँ  गर्न पाएका छन् । समयमै मल र पानी पाउँदा छिट्टै रोपाइँ गर्न पाएकोमा उनीहरु खुशी समेत  भएका छन् ।

रोपाईमा काम गर्ने युवाहरु क्वारेन्टाइन बसेको हुँदा ट्याक्टरबाट काम गरेको कृषकहरुले बताएका छन् । दाङमा आजसम्म करिब ४५ प्रतिशत धान रोपाइँ भएको कृषी ज्ञान केन्द्र दाङले जनाएको छ । त्यसैगरी यस बर्ष कोरोना महामारीका कारण यस वर्ष खेतीपाती झन् बढ्ने अनुमान गरिएको छ ।

दाङमा विगतका बर्षहरुमा ३८ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा यस बर्ष भने करिब ४० हजार हेक्टरसम्ममा धान खेती हुने ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्