थप ३१६ संक्रमित थपिए,कुल संख्या १३५६४ पुग्यो



काठमाडौ,असार १६ । बितेको २४ घन्टामा विभिन्न जिल्लामा थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ संक्रमित ३ सय १६ जनासहित देशभर संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये अहिलेसम्म ३ हजार १ सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्