नेपालमा कोरोना निको हुनेको संख्या ३१९४ पुग्यो



काठमाडौ,असार १७ । नेपालमा कोरोनाबाट मुक्ति पाई घर फर्किनेको संख्या ३ हजार १ सय ९४ जना पुगेको छ ।

मंगलबार थप ६० जना कोरोनाबाट मुक्त भएका थिए । योसंगै कोरोना निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

कोरोना निको हुनेमा २ सय ७७ महिला २ हजार ९ सय १७  पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्