नदीमा डुबेर युवतीको ज्यान गयो



तनहुँ,असार १८ । तनहुँस्थित चुँदीखोलामा डुबेर एक युवतीको ज्यान गएको छ। बुधबार तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली पोखरीमा डुबेर  एक युवतीको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

पोखरीको गहिराई धेरै भएकोले उनी पौडी खेल्ने क्रममा डुबेकी थिइन। स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्‍याए तापनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्