बितेको २४ घण्टामा अमेरिकामा ६७४ को मृत्यु,५० हजार बढी संक्रमित



एजेन्सी, असार १८ ।अमेरिकामा बितेको २४ घण्टामा ६ सय ७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यससंगै अमेरिकामा हालसम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३० हजार ७ सय ८५ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा अमेरिकामा ५० हजार ८ सय १४ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २७ लाख ७८ हजार १ सय ३० पुगेको छ ।

त्यस्तै अमेरिकामा हालसम्म ११ लाख ५९ हजार ७ सय ३४ जना संक्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्