बारामा चट्याङ लाग्दा ४ जनाको मृत्यु,७ घाइते



बारा,असार १८ । बारा जिल्लामा आज बिहान पानीसंगै परेको चट्याङ लागेर ४ जनाको मुत्यु भएको छ भने ७ जना घाइते भएका छन । घटनामा बारास्थित कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुरका २ जना र फेटा गाउँपालिका १ त्रिवेणीका २ जना गरी ४ जना महिलाको मुत्यु भएको इलाका प्रहरी कार्यालय प्रसाैनीले जनाएको छ ।

मृत्यु हुनेमा कलैया १२ की ३५ वर्षीया आशादेवी महतो र ४५ बर्षीया अलिमा खातुन तथा फेटा गाउँपालिका १ त्रिवेणीका ३० वर्षीया सेन्दु देवी र ४० बर्षिय सुरपती देवी रहेकाे प्रहरी निरिक्षक यादवले जनाए ।

घाइतेमध्ये फेटा गाउँपालिकाका ५ जना रहेका छन् भने कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुरका २ जना रहेको इलाका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताए ।

घाइते हुनेहरूमा फेटा गाउँपालिका वडा नं. १ कै महिला बच्वा देवी,राजपती देवी,कान्ति देवी,उमा देवी, लिलावती देवी,शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उनको वीरगन्ज नारायणी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनिहरु धान राेप्न गएको बेला चट्याङ परेको बताइएको छ।

घटना स्थल प्रहरी निरिक्षक यादव कै नेतृत्वकाे प्रहरी टाेली पुगेकाे छ । मृत्यु भएका चारजना महिलाको शव अहिले कलैया अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्