थप ४७३ जनामा कोरोना संक्रमण,कुल संक्रमित १४५१९



काठमाडौ,असार १८ । बितेको २४ घण्टामा नेपालमा थप ४ सय ७३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र एकजनाको मृत्यु भएको पुष्टि गरेको हो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्ला थप ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएसंगै कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ जना पुगेको जानकारी दिए ।

देशमा संक्रमितमध्ये थप एकजनाको मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्