भारतमा प्रहरीमाथि गोलाबारी डिएसपी सहित ८ जनाको मृत्यु



एजेन्सी,असार १९ । छिमेकी मुलुक भारतस्थित  कानपुरमा भएको अन्धाधुन्ध गोली प्रहारबाट ८ सुरक्षकर्मीको मृत्यु भएको छ । गोलाबारीबाट मृत्यु हुनेमा एक डिएसपीसहित ८ जना रहेको जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ।

घटनामा परी  चार प्रहरी घाइते भएका छन् । कानपुरको चौबेपुरको बिकरु गाउँमा सो घटना भएको बताइएको छ । प्रहरीले सूचनाका आधारमा एक घरमा छापा पार्न जानेक्रममा प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार भएको बताइएको छ । घर भित्र र घरको छानाबाट गोली प्रहार भएपछि प्रहरीमा ठुलो क्षति भएको बताइएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै  अपराधीहरुविरुद्ध कडा एक्सन लिन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्