थप १०८ जनामा कोरोना संक्रमण,कुल संक्रमित १६५३१



काठमाडौ,असार २५ । बितेको २४ घन्टामा १ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप १ सय ८ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ७ हजार ८ सय ९१ जना उपचारपछि घर फर्किएका छन् भने ३५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्