जापानबाट पर्वतको दुर्लुङ पहिरोपीडितलाई ८१ हजार २९९ रुपैयाँ सहयोग



साझा पथ संवाददाता

काठमाडौं । पर्वतको दुर्लुङ पहिरोपीडितलाई जापानबाट ८१ हजार २९९ रुपैयाँ सहयोग गरिएको छ ।
गैरआवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमिति र फुकुओका नेपाल सोसाइटीको संयुक्त आयोजनमा जापानिज येन ७४१११ येन संकलन गरी पहिरोपीडितहरुलाई हस्तान्तरण गरिएको गैरआवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमितिले विज्ञप्तिमार्फत जानकारी गराएको हो । गत जेठ ३१ गते नेपालको पर्वत जिल्ला कुस्मा नगरपालिका ३ दुर्लुङ्ग ढकाल बारीमा अविरल वर्षका कारण गएको भीषण पहिरोले धेरै जन धनको क्षति पुर्‍याएको थियो ।

सहयोग संकलनका लागि गैरआवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमिति श्रमिक उपसमिति सदस्य चक्रपाणि शर्माको सक्रियतामा ३३,००० येन र एनआरएनए क्युस्यु कार्यसमितिबाट संकलित रकम जम्मा गरी एकमुस्ठ एनआरएनए क्युस्युको नेतृत्वमा ५६,१११ येन र फुकुओका नेपाल सोसाइटीका उपाध्यक्ष शिव शर्माको सक्रियतामा फुकुओका नेपाल सोसाइटीबाट १८,००० येन गरी जम्मा ७४,१११ येन=रु८१,२९९ संकलन गरिएको विज्ञप्तिमा उल्लेख छ । ती संस्थाहरुले सहयोगी सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्