लकडाउन खुल्यो, यी सेवा खुलेनन्



काठमाडौ,साउन ७ । सरकारले मंगलबार रातिदेखि लागु हुनेगरी लकडाउन खुल्ला गरेको छ । सरकारले गत चैत ११गतेदेखि कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन आह्वान गरेको थियो । लकडाउन खुलेको बताइएपनि कोरोना रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत् राखेको छ । जसअन्तर्गत जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्दै निम्न सेवा यथावत रहने बताइएको छ ।

साउन १५ गतेदेखि केके खुल्ने ?

१. ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय

२. होटल, रेस्टुरेन्ट

यद्यपि समुहगत भोज-भत्तेर,पार्टी, सेमिनार वा अन्य सामूहिक भेला भने गर्न पाइने छैन ।

भदौ १ देखि केके खुल्ने ?

१. छोटो, मध्यम र लामो दूरीमा जिल्लाभित्र तथा अन्तर जिल्ला सञ्चालन हुने यात्रुबाहक सवारी साधन

२. अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल

३. आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान

४. विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन

अझै खुलेनन् यी क्षेत्रः

१. शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र)

२. सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार

३. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन

४. सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल

५. सैलुन, ब्युटीपार्लर तथा स्पा

६. स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब

७. समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति

८. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

९. पुस्तकालय, संग्रहालय र चिडियाखाना

उल्लेखित सेवा र कार्य सञ्चालन हुन भने सरकारले अर्को मिति तोक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्