कोरोना अपडेट : बितेको २४ घण्टामा १४७ नयाँ संक्रमित



काठमाडौं,साउन ८ । नेपालमा बितेको २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा आज ३ हजार ४ सय ८१ वटा नमुना परिक्षण गरिएको जनाइएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका १ सय ४७ जनासहित देशैभर संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १ सय ५६ जना कोरोना जितेर घर फर्किएका छन् । यस्तै देशभर क्वारेन्टिनमा २० हजार ९८ जना रहेका छन् ।

संक्रमितमध्ये १२ हजार ८ सय ४० जना उपचारपछि घर फर्किएका छन् भने ४२ जनाको ज्यान गएको छ । अहिले देशभरमा एक्टिभ केस ५ हजार ३ सय ५८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्