गुल्मीमा ३ सन्तानसहित आमा पहिरोमा पुरिए, १ को शव फेला



गुल्मी साउन १६ । अविरल वर्षासँगै शक्रबार साँझ गुल्मीमा आएको पहिरोमा एकै परिवारका ४ जना पुरिएका छन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकी एक महिलासहित ४ जना पुरिएका हुन् । उनीहरुमध्ये १ जनाको मात्रै शव फेला परेको प्रहरीले जनाएको छ । बिना माझी र उनका ३ सन्तानसहित ४ जनाकोको माथीबाट खासेको पहिरोको ढुङ्गाले थिचेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ । अन्य ३ जना पनि जिउँदो नरहेको आशंका गरिएको छ ।

तर जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदार राज पन्तले पनि ४ जनाको मृत्युको खवर आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्