रोजगारका लागि फाराम भर्न शिवपुरी गाउँपालिकाको अनुरोध



शिवपुरी गाउँपालिकाको कार्यालय,शिवपुरी नुवाकोट

नुवाकोट,साउन १७ । शिवपुरी गाउँपालिकाले रोजगारका लागि फाराम भर्न अनुरोध गरेको छ । सय दिन बराबरको रोजगारी दिने भन्दै शिवपुरीले शुक्रबार बेरोजगार नेपाली नागरिकलाई सूचीकृत हुन सूचना जारी गरेको हो । १८ वर्ष पूरा भइ ५९ वर्ष ननाघेकाले भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सुचना ! सुचना !! सुचना !!!

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ( प्रधानमन्त्री रोजगार कार्यक्रम ) अन्तर्गत चालु आ.व. २०७७।०७८ का लागि स्थानिय तह मातहत रोजगारर सेवा केन्द्रको समन्वयामा प्रदान गरिने न्यूनतम १०० दिन बराबरको रोजगारीमा संलग्न हुन चाहने बेरोजगार नेपाली नागारिक ( १८ बर्ष पुरा भइ ५९ बर्ष ननाघेको) ले मिति २०७७।०५।०७ गते सम्म आफुले स्थााई बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनुहुन अनुरोध छ। प्राप्त निवेदन फारामहरुको सम्पुर्ण विवरण रोजगार व्यवास्थापन सूचाना प्रणाली (EMIS)मा दर्ता (Entry) गर्नुपर्ने र फाराममा उल्लेखित सम्पुर्ण विवरण नाभएमा (EMIS) सफ्टवेरले Accept नगर्ने हुँदा रोजगार कार्यक्रममा सहाभागी गराउन नसकिने जानकारी गराइन्छ । फारम भर्दा आवश्यक कागजातहरु र तपशिलका कुराहरुमा अनिवार्य रुपमा ध्यान पुर्याउनुहुन अनुरोध गरिन्छ ।

• फारमको साथमा निवेदको नागरिकताको फोटोकपी – थान १
• बसाइसराइ गरेर आएको भएमा बसाइसाराइ प्रमाणपत्रको फोटोकपी-१ प्रति
• पासपोर्ट साइजको फोटो थान-१
• शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्रको फोटोकपि १ प्रति (नभएमा अनिवार्य छैन)
• फारममा उल्लेखित सवै विवरणहरु स्पष्ट रुपमा भर्नपर्नेछ।
• फारमको १४ नं. अनुसारको पारिवारिक विवरण अनिवार्य भर्ने ।
• निवेदक सहित परिवारका सम्पुर्ण सदस्यको शैक्षिक योग्यता, दक्षता र रोजगारीको अवस्था ।
• कुल आर्थिक पारीवारीक आम्दानी, परिवारका कुनै सदस्यको सामाजिक सुरक्षा भत्ता वा अन्य पेन्सन सुविधा भए नभएको र काम गर्ने समय अनिवार्य रुपमा भर्नुपर्नेछ ।
• यदि निबेदक बैदेशिक रोजगारीबाट फर्किएको वा श्रम स्वकृती लिइ बैदेशिक रोजगारीमा जाना नपाएको ब्यक्ति भएमा
देश … पासपोर्ट नं. …… बिदेशमा गरेको कामसंग सम्बन्धित सीप …. फारममा अनिवार्य उल्लेख गर्नुपर्नेछ।

नोटः

मिति २०७७/०३/३० मा माननीय मन्त्रीस्तरको निर्णयानुसार बेरोजगार दर्ताको लागि दिने निवेदनको फाराममा संसोधन भएको हुनाले सोहि फाराम प्रयोग गर्नुपर्नेछ । नयाँ फारमको लागि गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय अथवा pmep.gov.np वा https://bit.ly/398Ks6h बाट डाउनलोड गरी प्रयोग गर्नुहोला । थप जानकारीको लागि फेसबुक पेज facebook.com/shivapurirojgar मा सम्पर्क गर्नुहोला।

शिवपुरी गाउँपालिका

प्रतिक्रिया दिनुहोस्