कोरोना संक्रमणबाट नेपालमा थप २ को मृत्यु, मृतकको संख्या ६० पुग्यो



पर्सा साउन २१

नेपालमा कोरोना संत्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
पर्साको वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको बुधवार मृत्यु भएको छ ।

ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गए राति ९ बजे अस्पताल भर्ना भएका थिए। उनको बुधबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए।

यस्तै सोमवार मृत्यु भएकी पर्साको पोखरिया नगरपालिका–८ की १८ बर्षकी युवतीमा कोरोना पुष्टी भएको छ । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्