युट्युबर भाग्य न्यौपानेलाई महिला दुर्व्यवहारको आरोप : भन्छन्- ‘जुन मेरो गल्ती हो’



अन्तर्वार्ता लिन क्रममा भाग्य न्यौपाने कियर बालगृहकी सञ्‍चालिका पुष्पा अधिकारीको निकट ।
तस्बिर : तात्तातो खबरको भिडियोबाट

काठमाडौं साउन २२ । चर्चित युट्युबर भाग्य न्यौपाने विवादमा तानिएका छन् । केयर बालगृहकी सञ्‍चालिका पुष्पा अधिकारीले कार्टुनमा बच्चा राखी भेट्टाएको विषयमा अन्तर्वार्ता लिने क्रममा अप्‍नाएको शैलीका कारण न्यौपाने विवादित बनेका हुन् । दु:ख पीडामा परेकाको युट्युब भिडियो बनाउने र देश विदेशबाट लाखौं पैसा बटुलीदिएर चर्चा कमाएका न्यौपानेलाई पछिल्लो घटनामा ठेस लागेको छ । उनमाथि पत्रकारिताको मर्यादा ख्याल नगरेको, बदनाम गरेको र एउटा बालगृहकी महिलामाथि दुर्व्यवहार गरेको आरोप छ ।

अन्तर्वार्ता लिन क्रममा भाग्य न्यौपाने कियर बालगृहकी सञ्‍चालिका पुष्पा अधिकारीको निकट ।
तस्बिर : तात्तातो खबरको भिडियोबाट

आफूमाथि संगीन आरोप लागेपछि युट्युबर न्यौपानेले सामाजिक सञ्‍जाल फेसबुकमार्फत क्षमायाचना गरेका छन् । न्यौपानेले लेखेका छन्, ‘त्यो बेला म आक्रोशित पनि भएँ त्यसैले आक्रोशमा मैले सामाजिक दूरी कायम गरिन जुन मेरो गल्ती हो, साथै नियतवश मैले कुनै पनि हिसाबले पुष्पा अधिकारीलाई दुर्व्यवहार गरेको होइन र म त्यस्तो व्यवहारको विरोध गर्छु र आगामी दिन यस्तो विषयप्रति अझ संवेदनशील हुनेछु ।’ उनले थप लेखेका छन्, ‘उक्त भिडियोको कारणले महिला संवेदनामा आँच पुग्न गएकोमा म माफी चाहन्छु । यो विषयमा समालोचनात्मक प्रतिक्रिया गरी मलाई सजग गराउनुहुने सबैप्रति म आभार प्रकट गर्न चाहन्छु ।’

साउन १३ गते पुष्पा अधिकारीले एउटा शिशु भेटेको कुरा मिडियामा प्रचारप्रसार भएपछि १४ गते केयर बालगृहमा न्यौपानेको टिम पुगेको थियो । उनले पुष्पा अधिकारीसँग सम्पूर्ण कुराहरु सोधेर बच्चाको हेरविचारका लागि भनेर सहयोग पनि हस्तान्तरण गरेका थिए । त्यसपछि अधिकारीले बोलेको कुरा र पछि आएको अभिव्यक्ति नमिलेको कारणले आफूलाई व्यक्तिगत रुपमा धेरैले म्यासेज तथा कलहरु गरेकोले उनी फेर केयर बाल गृह पुगेका थिए । त्यसकरणमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि सामाजिक दूरीको कुरा उठिरहेको बेला न्यौपानेले अन्तर्वार्ता लिने क्रममा निकै नजिक देखिएका थिए । त्यसपछि सामाजिक सञ्जालका भित्ताहरुमा न्यौपाने महिलामाथि दुर्व्यवहार गरेको, एउटी बालबालिकाकी ‘आमा’ सम्मान गर्न नसकेको र पत्रकारिताको धज्जी उडाएको भन्दै सर्वासाधारणका साथै पत्रकारहरुले समेत चर्को आलोचना गरेका छन् ।

अन्तर्वार्ता लिन क्रममा भाग्य न्यौपाने कियर बालगृहकी सञ्‍चालिका पुष्पा अधिकारीको निकट ।
तस्बिर : तात्तातो खबरको भिडियोबाट

पत्रकार मुकुन्द ढुंगानाको प्रतिक्रिया

दुर्व्यवहार कि अन्तर्वार्ता ?
काखैमा राखुँला जस्तो गरेर अन्तर्वार्ता लिन खोज्छन् त ! के यो तरिका हो ?
न मर्यादा, न सामाजिक दूरी, न कोरोना संक्रमणको डर ।
युट्युबरलाई पत्रकार भन्न सकिन्न भनेर त्यसै भनिएको होइन ।

पत्रकार अर्जुन पाख्रिनको प्रतिक्रिया
भाग्य तिमी अख्तियार होइनौं
र, यो शैली कस्तो पाराको हो ????

एकाध वर्षदेखि युट्युबकारिता गरिरहेका भाग्यलाई सम्भवत: धेरैले चिन्लान् । पेसाले युट्युबर भए पनि उनको छवि सामाजिक अभियन्ताको जस्तो छ । दुःख र पीडामा परेका धेरै मानिसहरु उनीसँग गुहार माग्न पुग्छन् । भाग्यले लिएका अन्तर्वार्ताले कतिपयको भाग्य बदलिएको पनि छ ।

पैसाको बिटो बोकेर भाग्य पीडितहरुको घरमा पुग्छन् । त्यो बिटो पीडितलाई हस्तान्तरण गरेर भिडियो बनाउँछन् । यिनै भिडियो हेरेर एकथरि नेपालीहरु उनलाई ‘भगवान’ मान्छन् । भाग्यले ती पैसाको बिटो कसरी जम्मा गरेका हुन् भन्ने पनि कतिलाई थाहा हुँदैन । भाग्यले यो विश्वास जगाउन अहिलेसम्म निकै मिहिनेत गरेका छन् । अन्यथा अहिलेको दुनियाँमा कोही कसैलाई किन आँखा चिम्लेर विश्वास गर्छ ?

यसरी विचौलिया शैलीमा ‘समाजसेवा’ गरिरहेका युट्युबर अरु पनि छन् । हो, यसबाट कतिपय वास्तविक पीडितहरु पनि पक्कै लाभान्वित बनेका छन् । कतिको जीवन नै बदलिएको पनि छ । पुष्पाकै केसमा पनि यदि त्यो घटना वास्तविक हुन्थ्यो भने यसरी जुटेको सहयोगले बच्चाको भविष्य बन्न सक्थ्यो । यति हुँदाहुँदै पनि युट्युबरले गर्ने समाजसेवा एकदम स्वच्छ र स्वस्थ होला भनेर ठोकुवा गर्न सकिन्न । कुनै न कुनै रुपबाट सरकारले यसको नियमन गर्नुपर्ने आवश्यकता टड्कारो छ ।

नेपालीहरु सहयोगी मनका हुन्छन् । कसैको दुःख देख्नेवित्तिकै आफ्नो गाँस काटेर पनि सहयोग गर्न तत्पर बन्छन् । खासगरी विदेशमा आफ्नो पसिना बेचिरहेकाहरुले यस्तो सहयोग धेरै गरेका छन् । तर, उनीहरुले यसरी गरेको सहायता वास्तविक पीडितले पाउनुपर्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्