पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु, मृतकको संख्या ६५ पुग्यो



काठमाडौं साउन २२
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ ।

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ जनाको मृत्यु भएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

डा.गौतमका अनुसार मृत्यु हुनेमा मोरङका २ जना रहेका छन् । दुवै ४५ वर्षका रहेको प्रवक्ता डा। गौतमले बताए ।

त्यस्तै सर्लाही मलंगवाकी ६५ वर्षकी महिला, धनुषाकी ७२ वर्षकी महिला र सप्तरीका ४२ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्