काठमाडौं उपत्यकामा थप दुई कोरोना संक्रमितको मृत्यु



काठमाडौं साउन २३

काठमाडौं उपत्यकामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए ।

कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्सर पीडित थिइन् भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए ।

यसअघि बिहीबार राती पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । ४५ वर्षका ती पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उनी ४५ वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

प्रतिक्रिया दिनुहोस्