नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो



काठमाडौ साउन २९ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै मृतकको कुल सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्