नेपालीमा मोटोपनको समस्या : छुटकारा पाउन यसो गर्नुहोस्



मोटोपना नेपालीहरूमा देखिन थालेको पछिल्लो समस्या हो। अव्यवस्थित जीवनशैली र खानपानका कारण मोटोपना बढ्छ। यसले शारीरिक सौन्दर्य मात्र बिगार्दैन विभिन्न रोगसमेत निम्त्याउँछ।

मोटोपना समस्या होइन भन्नेहरूको सङ्ख्या पनि हाम्रो समाजमा छ। तर तथ्य के हो भने यही मोटोपनाकै कारण मानिसहरूमा दीर्घ रोग निकै बढेको छ। रक्तचापदेखि मधुमेह, कोलेस्ट्रोल, बाथ र क्यान्सरसम्मका रोग यसकै कारण लाग्छ। मोटोपना सबै रोगको कारक बन्न पुगेको छ ।

मोटोपन किन बढ्छ भन्दा पनि मोटोपन कसरी घटाउने ? भन्ने चिन्ताले मान्छेहरूलाई गाँजेको हुन्छ ।

अब चर्चा गरौँ यसको कारण र छुटकारा पाउने उपायबारे।

१. आम समस्या

अधिकांश नेपालीमा देखिने समस्या हो ग्यासट्राइटिस। तर जोखिमको आधारमा नेपालमा धेरै मानिसहरूको मृत्यु भने इस्चेमिबाट भइरहेको देखिन्छ। अर्थात् रक्त नलीहरूको कारणले गर्दा हुने रोग हो ।

यो रोग लाग्ने मुख्य कारण भनेको मोटोपन नै हो । मोटोपन भएका व्यक्तिहरूमा यो रोग लाग्ने सम्भावना बडी हुन्छ र यसैको कारणले गर्दा मृत्यु हुने गर्दछ । दुर्घटनामा मानिसको मृत्यु हुँदा निकै समाचार बन्छ चर्चा हुन्छ। तर यस्ता विभिन्न रोगका कारणले ज्यान गुमाएका मानिसहरूबारे खासै चर्चा गरिँदैन।

२. कारण

मोटोपन हुने कारणहरू विभिन्न हुन सक्छन् । अर्थात् साधारण तनाव देखि लिएर भिटामिन डीको कमी पनि मोटोपनको कारण हुन सक्छ ।

  • धेरै क्यालोरी खानु : शरीरलाई चाहिनेभन्दा बढी क्यालोरी खाएमा बढी भएको क्यालोरी शरीरमा बोसो भएर बस्दछ ।
  • स्वस्थ खाना : असन्तुलित खानपानले समेत यस्तो समस्या हुने गर्छ ।
  • निष्क्रिय हुनु : शारीरिक रूपमा निष्क्रिय हुनाले समेत मोटोपन हुन्छ ।
  • पर्याप्त नसुत्नु : शरीरलाई पर्याप्त हुने गरी नसुत्नु वा आवश्यकता भन्दा धेरै सुत्नु पनि मोटोपनको कारक हो । दिनमा ७ देखि ८ घण्टा सुत्नु उपयुक्त मानिन्छ ।
  • अन्य रोग वा औषधी : यदि कोही व्यक्ति कुनै रोगबाट ग्रसित छ भने उसले सेवन गरेका केही औषधीले समेत तौल बढाउन सहयोग गर्छन् । यदि आर्थराइटिसका कारण शरीरको सक्रियता कम छ भने मोटोपनको समस्या हुन्छ । यस्तै, एन्टिडिप्रेसेन्ट्स, एन्टीसिजर, सुगरका औषधी–इन्सुलिन, एन्टीसाइकोटिक औषधी, स्टेरोइड लगायतका औषधी समेत यसका कारक हुन् ।
  • वंशाणुगत गुण : वंशाणुगत गुणका कारणले समेत मानिसमा मोटोपन हुने गर्छ । तर यो निकै दुर्लभ हुन्छ । यदि आमा–बुवा कोहीमा मोटोपनको समस्या छ भने छोराछोरीमा समेत यो समस्या हुने गरेको छ ।
  • उमेर : मोटोपन कुनै पनि उमेरमा हुन सक्छ । तर जब उमेर बढ्छ, हार्मोनल परिवर्तन र कम सक्रिय जीवनशैलीका कारण मोटोपनको समस्या बढ्छ ।
  • गर्भावस्था : गर्भावस्थाका कारण महिलामा तौल बढ्छ । बच्चा जन्मिइसकेपछि तौल कम गर्न समस्या हुने गरेको छ ।

३. घटाउने उपाय

मोटोपन घटाउने तरिका जान्नु भन्दा अगाडि मोटोपन गराउने मेकानिज्म बुझ्न जरुरी छ । मोटोपना बढाउन हर्मोन इन्सुलिन जिम्मेवार छ । इन्सुलिन हर्मोनको काम भनेको शरीरमा बोसो बनाइ थुपार्ने हो । इन्सुलिन हर्मोन कार्बोहाइड्रेट वाला खानेकुरा खाएपछि शरीरले निकाल्ने गर्दछ र हामीले खादै पिछे पनि यो हर्मोन निस्कने गर्दछ । मोटोपन भन्ने बित्तिकै धेरै खाएको कारणले मोटोपन भएको भन्ने बुझाइ छ जुन गलत हो । मोटोपन घटाउनको लागि यस्तो खानेकुराहरू खानु पर्दछ जसले इन्सुलिन नामक हर्मोनको उत्पादन कम गर्दछ ।

  • इन्सुलिन मुख्य गरेर खाने कुरा खाएपछि निस्कन्छ । त्यसैले कार्बोहाइड्रेट भएका खानेकुरा मध्य पनि रिफाइन गरिएका खानेकुराहरू खानु । मैदा र यसबाट बनेका कुराहरू नखाने जस्तै चाउचाउ, बिस्कुट, रोटी, नान, पाउरोटी, पास्ता, पोलिस गरिएको अथवा उसिनेको चामल, चिउरा, सुजी, मम, चाउमिन, पकाइएको वा चिनी हालिएको ओट्स वा मुज्ली आदि । विशेष गरी अन्न र अन्न बाट बनेका कुराहरू प्राय सबैले इन्सुलिन बढाउँछ अर्थात् मोटोपन बढाउँछ । त्यसैले मोटोपन घटाउन चाहनेले यिनीहरू नखाँदै बेस हुन्छ र खानै परेमा ब्राउन राइस, रिफाइन नगरिएको कोदो फापर, ब्राउन ब्रेड खान सकिन्छ तर थोरै मात्रामा ।
  • चिनी र भएका खानेकुराहरू नखाने । जस्तै : चियामा चिनी, चिसो पेय पदार्थहरू, कोक, फ्यान्टा, पेप्सी, रियल जुस आदि । यस्ता चिनी जन्य कुराहरूमा हुने ग्लुकोज र फ्रुक्टोज दुवैले मोटोपन का साथै अन्य रोगहरू पनि निम्त्याउँछ छन् ।
  • फलफूल पनि गुलियो हुन्छ के गर्ने । बढी गुलियो भएको र मौसमी फलफुलहरु नखाने । कम गुलियो भएको र गुलियो कम भएको फलफूलहरु खाने । स्याउ, केरा, सुन्तला, आँप, अनार, मेवा, कटहर, किवी नखाने । अमला, किम्बु, जमुना, कुसुम, अ‍ैसेलु, स्ट्रबेरी र एभोकाडो खान मिल्छ ।
  • मासु के गर्ने । मासुले तौल बढाउने काम गर्दैन मासु सँगै खाने अन्य अन्नहरूले चैँ तौल बढाउने हो । जस्तै मासु भएमा बढी भात खाने, खाजामा हो भने बढी चिउरा खाने । मासु सँगै बढी रक्सी खाने आदिको कारणले चैँ तौल बढ्दछ । त्यसैले मासु खादै हुन्छ भने अन्न जन्य कुराहरू नखाएर मासु मात्र खाने गरे तौल घट्दछ । अझ यस्तो प्रयाक्टीस गरिरहेको डाइटिसीयनको वा डक्टरको अन्डरमा दिनभर मासु मात्र खाएमा सबै भन्दा छिटो तौल घटाउन सकिन्छ ।
  • चिल्लो खानेकुरा के गर्ने । मोटोपन भएकाहरू विशेष गरी चिल्लो देखि डराउने गरेको पाइन्छ । कुरा सिधा पनि छ बोसो खाए शरीरमा पनि बोसो नै हुन्छ । तर वास्तवमा त्यस्तो हुँदैन । चिल्लो सम्बन्धी बुझ्नु पर्ने पहिलो कुरा भनेको यो दुई प्रकारको हुन्छ एउटा राम्रो खालको र अर्को नराम्रो । नराम्रो खालको चिल्लोमा रिफाइन्ड वनस्पति तेल र वनस्पति घ्यू पर्दछन् । त्यसैले यस्तो कुरामा पकाइएको खानेकुरा मोटोपन र अन्य रोगबाट बच्न छ भने खानु हुँदैन । राम्रो किसिमको फ्याटमा भने घ्यू, विषादी प्रयोग नगरीकन हुर्काइएको जनावरको बोसो, ओखर, एभोकाडो आदि हुन् ।

    एउटा साधारण उदाहरण भनेको नेपालमा मोटोपन आएको धेरै भएको छैन । नेपालमा तेल छाएको लगभग ५०– ६० वर्ष भयो । त्यो भन्दा पहिला खानेकुराहरू सबै घ्यूमा र बोसोमा पकाइन्थ्यो र खाइन्थ्यो, मोटोपन पनि थिएन । त्यसैले राम्रो फ्याट खान सकिन्छ नराम्रो फ्याट नखाने ।
  • अण्डा पनि खादा पहेँलो भाग सहित खान सकिन्छ । यसको पहेँलो भागमा फ्याट हुन्छ भनेर धेरै मोटोपन भएकाले नखाने गरेको पाइन्छ तर यो पनि राम्रो फ्याट नै हो ।

    विशेष गरी फ्याटको कुरा गर्दा मोटो भएकाले राम्रो फ्याट जिरो र नराम्रो फ्याट अलि अलि खाइरहेका हुन्छन् । तर राम्रो फ्याटमा फ्याट सोल्युबल भिटामिनहरू पनि हुन्छन् ए, डी, इ र के यिनीहरू तौल नियन्त्रण गर्न र बडी तौलको कारणले हुने जोखिमबाट बच्न आवश्यक हुन्छ ।

खानपिनसँगै

  • फाष्टिङ : इन्टरमिटेन्ट फास्ट गर्ने ।
  • पेट घटाउन व्यायाम गर्ने : पेट घटाउनका लागि नियमित व्यायाम गर्नुपर्छ । त्यसका लागि छिटो हिँड्नु र दौडन उपयुक्त उपाय हुन् ।
  • उचित निद्रा : दैनिक७ देखि घण्टा सुत्ने बानी बसालौँ । आवश्यक भन्दा कम वा बढी सुत्नाले मोटोपन हुने गर्छ । त्यसैले उचित तरिकाले सुत्ने बानी बसाल्न आवश्यक हुन्छ ।

४. मोटोपनबाट उत्पन्न हुने रोगहरू

  • मधुमेह
  • क्यान्सर
  • थाइरोइड
  • डिप्रेसन
  • घुँडामा समस्या
  • हाई कोलेस्ट्रोल
  • सुगर
  • उच्च रक्तचाप
  • मुटु रोग
  • तनाव
  • सास फेर्न समस्या
  • स्त्री रोग (बाँझोपन, अनियमित महिनावारी) आदी ।

५.उमेर समूहअनुसारको तौल

मोटोपनलाई परिभाषित गर्ने विभिन्न तरिकाहरू छन् । शरीरको तौल सामान्य भन्दा बढी भएमा मोटोपन भनिन्छ । मोटोपन नाप्ने विभिन्न तरिकाहरू छन् । विएमआइ ,बडी मास इन्डेक्स जसमा शरीरको उचाइ अनुसारको तौल हेरिन्छ, वेस्ट हिप रेसिओ जसमा पेटको गोलाई र हीपको गोलाई नापिन्छ आदि । तर सबैभन्दा सजिलो भनेको पेटको गोलाई मात्र मापन गर्ने हो ।

अहिलेको समयमा जो कोसैले पनि घरमै बसी मेरो तौल ठिक छ की छैन भनेर सजिलै थाह पाउन सक्छ । त्यसको लागि एन्ड्रोइड वा आइ फोनमा बिएमआइ भन्ने एप खोजेर त्यहाँ आफ्नो उचाइ र तौल हालेर जानकारी लिन सकिन्छ ।

६. मोटोपन आफैमा रोग हो त ?

मोटोपन आफैमा रोग होइन यो एउटा हाम्रो शरीरमा भएको असन्तुलन हो । कस्तो खालको असन्तुलन भन्दा शरीरमा चाहिने शक्ति भन्दा शरीरले बडी शक्ति पायो भने शरीरले बोसो बनाएर राख्दछ जसलाई हामी धेरै भएमा मोटोपन भन्दछौ । यसै गरी मोटोपन एउटा हर्मोनल गडबडी पनि हो । मोटोपन भएपछि शरीरमा विभिन्न किसिमको हर्मोनहरू गडबडी हुने गर्दछ जसको कारणले गर्दा तौल लागि सकेपछि घटाउनको लागि निकै नै गाह्रो हुन्छ ।

मोटोपनले शरीरमा विभिन्न किसिमको गडबडी ल्याउने भएकोले यसले अगाडि उल्लेख गरिएको जस्तै विभिन्न रोगहरू निम्त्याउँछ । अर्थात् कोही मानिस मुटु रोग, मधुमेह, मिर्गौला आदि रोगको कारणले गर्दा मृत्यु हुन्छ भने त्यसको पछाडि को मुख्य कारण भने मोटोपन हुन सक्छ । र धेरै जस्तो केसमा मोटोपन नै जिम्मेवार हुन्छ ।

अन्त्यमा हामी नेपाली अरू भन्दा अलि स्मार्ट छौ मोटोपनको बारेमा हामी सबैलाई थाह छ की भात खाए मोटाइन्छ घ्यू खाए दरो भइन्छ । त्यसैले अन्न जन्य कुराहरू कम खाएमा मात्र पनि मोटोपन नियन्त्रण सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्