कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु,मृतकको संख्या १ सय ३७ पुग्यो



काठमाडौं,भदौ ५ । शुक्रबार अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमणबाट मृत्यु भएको छ। शुक्रबार एघार जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी २४ घण्टामा एक महिला तथा दश पुरुष गरी एघार जनाको मृत्यु भएको जानकारी दिएको छ।

यसअघि एकै दिन आठ जनासम्मको मृत्यु भएको थियो। शुक्रबार सहित संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ। 

शुक्रबार थप ८३८ जनामा संक्रमण पुष्टि भएको छ। आज पनि काठमाडौं नै बढी संक्रमण थपिने जिल्ला बनेको छ। काठमाडौंमा २४ घण्टामा १४२ जनामा संक्रमण पुष्टि भएको हो। ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा संक्रमण देखिएको छ। 

शुक्रबार थपिएको सहित नेपालमा संक्रमित हुने संख्या ३० हजार ४३८ पुगेको छ। तर, २५० जना संक्रमित मात्रै निको भएर घर फर्किएका छन्। 

बितेको २४ घण्टामा मृतकको तथ्यांक

प्रतिक्रिया दिनुहोस्