नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १ सय ४६ पुग्यो



काठमाडौं भदौ ६ ।

नेपालमा गत २४ घण्टामा कोरोना संक्रामणबाट थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ४६ पुगेको छ।

६ वटा जिल्लामा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा २, पर्सामा ३, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा १ १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष रहेका छन्। यस्तै, बारामा ५८, सिरहामा ६८, मकवानपुरमा ५६ र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणको मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको गौतमले बताए । यसअघि नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्