नुवाकोटमा निषेधाज्ञा एक साता थप, खाद्यान्‍न पसल बिहान ६ देखि १० बजेसम्म मात्र खोल्न पाइने



साझापथ संवाददाता

नुवाकोट,भदौ ९ । नुवाकोटमा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि जिल्ला विपद ब्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो।

जिल्ला विपद व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बेलकोटगढी नगरपालिकाका वडा नं ५, ७, ८, १२ र १३ का सम्पूर्ण क्षेत्र लिखु गाउँपालिकाको वडा नं ४, ५ र ६ का सम्पूर्ण क्षेत्र, तादी गाउँपालिकाको वडा नं ३ र ५ का सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र, ककनी गाउँपालिकाका पासाङल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र र तारकेश्वर गाउँपालिकाको वडा नं २, ४ र ५ का सम्पूर्ण क्षेत्रमा आज मध्यराति १२ बजेदेखि थप सात दिन निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

जिल्ला विपद ब्यवस्थापन केन्द्रको बैठकले गरेका निर्णयहरु जस्ताको तस्तै:-

मिति २०७७।०५।०९ गतेको COVID-19 रोकथाम तथा नियन्त्रणसम्बन्धी District Covid-19 Crisis Management Center (DCCMC) को बैठकबाट भएका निर्णयहरु आवश्यक जानकारी तथा कार्यार्थ निर्णयहरु:-

१. विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरमा भएका हालसम्मका प्रयासहरु तथा यस अघिका बैठकबाट भएका निर्णयहरुको कार्यान्वयन अवस्थाका बारेमा समीक्षा गरियो। यस जिल्लामा हालसम्म ७७ जना व्यक्तिहरु संक्रमित भएको । जसमध्ये ६६ जना निको भई घर फर्केका र ११ जना आइसोलेसनमा रहेका छन्। मिति २०७७ ।०५।०२ गते पश्चात विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र तादी गाउँपालिकामा संक्रमित ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिंग भएको। संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेका २७४ जना ब्यक्तिहरु तथा जोखिमयुक्त ब्यक्ति समुहहरु समेत गरी ६३९ जनाको स्वाव संकलन गरि पीसीआर परीक्षण गरिएको। १६३ जनाको नतिजा आउन बाँकी रहेको । क्वारेन्टीनमा रहेका व्यक्तिहरुको प्रोटोकल अनुसार पिसिआर परिक्षण भइरहेको । एम्बुलेन्स चालकलाइ सेल्फ क्वारनटाइनमा बस्न बिरामीको विवरण दिन र डिसइन्फेक्सन गर्ने कार्यको लागि फलोअप भइरहेको। आइसोलेसन वार्ड हाल ४० वेड पूर्णरुपमा सञ्चालनमा रहेको । २५ वेड सञ्चालनको लागि तयारी अवस्थामा रहेको । खरानीटार अस्पतालमा थप १० वेड तथा त्रिशुली अस्पताल मातहत विदुरमा थप ५० वेडको आइसोलेसन वार्डको लागि तयारी गर्नु पर्ने ।सुमुद्रटार हेल्थपोष्टमा Isolation Holding Center ६ वेडको तयार हुँदै गरेको।अधिकांस स्थानीय तहबाट VTM खरीद गर्न शुरु गरेको । त्रिशुलि अस्पतलामा RT PCR प्रयोगशाला सञ्चालनको लागि उपकरण खरीद प्रकृया तथा जनशक्ति करारमा पदपूर्ति गर्ने कार्य प्रकृयामा रहेको । नुवाकोट स्थित दुवै नगरपालिका तथा धेरै गाउँपालिकामा CPG गठन भएको । केही स्थानिय तहमा आंशिक रुपमा गठन भएको। हेल्थ डेस्क शिवपुरी गुर्जे तथा कोल्फुटार नाकामा निरन्तर सञ्चालन भइरहेको । सञ्चार माध्यमबाट कोभिड १९ को सूचना तथा समाचारहरु सम्प्रेषण भइरहेको । काठमाडौ आवतजावत गर्ने व्यक्तिको संख्यामा उल्लेख्य कमी आएको । COVID 19 Prevention Group (CPG) लाइ थप सकृय बनाउनु पर्ने, काठमाडौ उपत्यका लगायत अन्य जिल्लाबाट आएका ब्यक्तिको निगरानी तथा क्वारनटाइन बस्ने निर्णलाइ थप प्रभावकारी बनाउनु पर्ने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने सावुन पानीले हात धुने, स्यानीटाइजर प्रयोग गर्नेव्यवहारलाइ थप कडाइका साथ सवै ब्यक्तिले पालना गर्नु पर्ने आवश्यकता देखिएको ।जारी गरिएको निषेधाज्ञा पालनाको अवस्था सन्तोषजनक भएको ।सवै नागरीकलाइ धन्यवाद दिदै आगामी दिनमा थप सावधानी सतर्कता अपनाउन तथा सहयोगको लागि आग्रह गर्दछौ ।समग्रमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएका निर्णयको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको पाइयो।
२. पछिल्लो समयमा कोभिड- १९ को संक्रमण पुष्टी भएका तथा जोखिम देखिएका देहायको क्षेत्रमा कोभिड- १९ को संक्रमण फैलिन नदिनका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिममिति २०७७।०५।०९ गते राति १२:०० बजेदेखि थप ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने:
निषेधाज्ञा जारी हुने क्षेत्र:-

१. लिखु गाउँपालिकाको वडा नं ४, ५ र ६ का सम्पूर्ण क्षेत्र
२. तादी गाउँपालिकाको वडा नं ३ र ५ का सम्पूर्ण क्षेत्र
३. बेलकोटगढी नगरपालिकाका वडा नं ५,७,८,१२ र १३ का सम्पूर्ण क्षेत्र
४. शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र
५. ककनी गाउँपालिकाका पासाङ ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र
६. तारकेश्वर गाउँपालिकाको वडा नं २, ४ र ५ का सम्पूर्ण क्षेत्र ।
३. निषेधाज्ञा जारी भएका क्षेत्रमा देहायका कार्यहरु गर्न/गराउन रोक लगाउने:
क) औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन ।
ख) एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना तथा कुखुरा बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्‍चालन गर्न ।
ग) अत्यावश्यक उपभोग्य वस्तु बिक्रि गर्ने खाद्यान्न पसल,माछा मासु तथा दुधजन्य वस्तु बिक्रि गर्ने पसल, पेट्रोलपम्प, ग्याँस डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्‍चालन गर्न (तर खाद्यान्न पसल बिहान ६:०० बजेदेखि १०:०० बजेसम्म मात्र खोल्न पाइने)

प्रतिक्रिया दिनुहोस्