बागलुङमा भीषण बाढीले कम्तीमा १० घर बगायो, २ को मृत्यु, १२ जना सम्पर्कविहीन



बागलुङ भदौ १८ । जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तीमा १० घर बगाएको छ भने २ जनाको मृत्यु भएको छ ।

अरिवरल वर्षासँगै बुधबारराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

उद्दारको काम भइरहेको प्रमुख प्रहरी निरीक्षक भण्डारीले बताए ।

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र २ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्