बागलुङको ढोरपाटन बाढीपहिरो : मृतक १४ मध्ये ४ जनाको सनाखत [अपडेट]



बागलुङ भदौ १९ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बुधबार रातिकोबाढी र पहिरोले मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम शुक्रबार हुने छ ।

घटनामा बेपत्ताको शुक्रबार बिहानैदेखि खोजी शुरु भएको प्रहरीले बतायो ।

पहिरोले फलेघर र सुपुर्दुङका दजर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ ।

प्रतिक्रिया दिनुहोस्