आज विश्व मुटु दिवस, यस्तो छ नेपालमा मुटुरोगको अवस्था



आज विश्व मुटु दिवस । विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।

मान्छेको दैनिकीमा बढेको व्यस्ततासँग मुटुरोगीहरूको संख्यामा पनि तीव्र वृद्धि भइरहेको छ । कामको व्यस्तता, तनाव खानपानको अवस्थामा पनि लापरबाही र गर्भवती महिलामा हुने कुपोषणको प्रभावजस्ता कुराले मुटु रोग बढाइरहेको चिकित्सकहरू बताउँछन् । प्रायः सबै रोग मान्छेका लागि समस्या नै बन्छ । अझ मुटु रोगले कतिवेला ज्यान लिन्छ भन्न सकिँदैन । सामाजको आधुनिकताले मान्छेको जीवन शैलीमा धेरै परिवर्तन आएको छ । समयमा खाना नखाने, चिल्लो र तयारी खाना बढी खाने अनेक प्रकारका चिन्ताले सताउनेजस्ता कारणले मान्छेको स्वास्थ्यमा असर पार्ने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु र मुटु सम्बन्धी रोगका कारण हुने गरेको छ । यसरी मुटुको रोग र यसबाट मृत्युको संख्या बढ्दै गएपछि विश्व मुटु फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएकोमा सन् २०१२ सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपालमा मुटुरोगको अवस्था

नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ । नेपालमा ग्रामीण क्षेत्र भन्दा शहरी क्षेत्रमा बिलासी जीवन बिताउने भएकोले शहरी क्षेत्रमा बसोबास गर्नेमा मुटुको रोग बढी देखिएको छ । नेपालमा १० बर्षयता मुटु रोगीहरुको संख्या ५ गुणाले वृद्धि भएको छ । हाल नेपालमा १८ बर्ष उमेरभन्दा माथिका करिब २५.७५ लाई उच्च रक्तचाप , ३.६५ लाई मधुमेह , ३५ लाई कोरोनरी आर्टरी रोग र ०.२५ १५ बर्ष मुनिकोमा बाथरोग र त्यति नै अनुपातमा जन्मजात मुटुको रोग छ र त्यसैगरि २२.७५ लाई उच्च कोलेस्टेरोलको समस्या छ भने ८९.२५ नेपालीले अहिलेसम्म मधुमेहको जांच गराएको छैन भने ४२.७ ५ नेपालीले रक्तचाप समेत जचाँएको छैन । त्यो भन्दा डरलाग्दो तथ्य त ९०५ रक्तचापका बिरामीले औषधि नै सेवन नगर्ने गरेको तथ्यांक रहेको छ ।

मुटु रोगको सुरुवाती लक्षण

मुटु रोगको पहिलो लक्षण भनेको बाथ ज्वरो आउने गर्छ । त्यस्तै, मुटुमा अप्ठ्यारो भएको जस्तो हुनु, सास फेर्न समस्या भएको महसुस हुनु, शरीरका विभिन्न मांसपेशीमा असर देखिनुजस्ता लक्षण देखिन्छन् । यस्तै, मुटु रोग जन्मजात लाग्ने अर्काे किसिमको रोग पनि हो । मुटुको नली बन्द हुनुलाई पनि मुटु रोग भनिन्छ । मुटुको नली बन्द भएको अवस्थामा विरामीको मुटु शल्यक्रिया गर्नुको विकल्प हुँदैन । मुटु रोगको अर्काे लक्षण भनेको उच्च रक्तचाप पनि होे त्यस्ता मान्छेमा मुटु रोगको बढी जोखिम हुन्छ । नेपालमा उच्च रक्तचापको संख्या बढ्नुमा पनि मुटु रोगीको संख्या बढी भएका हुन् भन्ने बुझिन्छ । उच्च रक्तचापले मुटु र मुटु नलीको बीच भागमा बोसो जम्दै जाँदा साँघुरो बनाउँछ । यसले मुटुमा असर पार्छ ।
मुटु रोगको खतरलाई न्यून गर्न यि उपायहरु अपनाउनुहोस् ।

१) धुमपानको गर्ने बानी छोड्नुहोस्

धुमपानको आदतले मुटु रोगीलाई झनै अशर गर्छ । गत वर्ष बेलातयका १० लाख मानिसहरुमा गरिएको एक अध्ययन अनुसार धुमपान गर्ने व्यक्ति अन्य भन्दा १० वर्ष अगाडि नै मर्ने गर्छन् । ४० वर्ष अगाडि नै धुमपान गर्न छोडिदिनु भयो भने तपाईंले यसलाई निरन्तरता दिदा भन्दा तपाई १० गुण बढी स्वस्थ हुने सम्भावना हुन्छ। मुटुको अतिरिक्त तपाईं स्वाश्सप्रशास, मुड, स्ट्रोक, डायबिटिज, क्यान्सर, रक्तप्रबाह लगायत अन्य समस्याहरुमा तीव्र सुधार हुन्छ ।

२) तौल घटाउने

मुटु रोग र अत्यधिक मोटोपनबीच पनि ठूलो सम्बन्ध रहेको छ । तौलमा हुने बृद्धिले तपाईलाई टाइप २ डायबिटिजको खतरा मात्र ल्याउदैन मुटु रोगको खतरलाई बढाउछ । हिपमा भन्दा कम्मरमा बढी तौल छ भने तपाई स्वास्थका दृष्टिले अझै बढी जोखिममा पर्नुहुन्छ । यस्तो अवस्थामा ह्दयघात, उच्च रक्तचाप, सुगरको समस्या बढ्छ ।

३) रातो मासु नखाने

मुटु स्वस्थ बनाउन रातो मासु नखान विज्ञहरुले बताउदै आएका छन्। धेरै मात्रामा रातो मासु खानेमा मुटु रोगको खतरा २४ प्रतिशतले बढाउँछ। हरेक दिन ५० ग्राम परिष्किृत मासु खाने मानिसमा मुटु फेलियरको खतरा ८ प्रतिशत हुन्छ भने मृत्युको सम्भवाना ३८ प्रतिशत हुन्छ । रातो मासुले पेटसम्बन्धी अन्य रोग पनि निम्त्याउँछ।

४) नुन कम खाने

अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने जीवनको उत्तराद्र्धतिर मुटुको खतरा बढाउँछ । बयस्कहरुले दिनमा ६ ग्राम भन्दा पनि न्यून (एक चिया चम्चा) नुन खानुपर्छ। नुनको मात्रा घटाउनुको अर्थ केबल तरकारीमा नुनको परिणाम घटाउने होइन कि अन्य नुनिला खानेकुरा पनि खान छोड्नुपर्छ ।

५) चिनी नखाने

अमेरिकाको ठूलो जनसंख्यामा गरिएको एक पछिल्लो अध्ययनमा चिनी मिसाइएको दैनिक २५ प्रतिशत भन्दा बढी दैनिक क्यालोरी खाने मानिसहरुमा मुटु रोगबाट मृत्यु हुने तीन गुणा खतरा रहेको छ। बढी चिनी खादा तौलमा बृद्धि गर्नुका साथै मधुमेयको समस्या बढाउँछ। खाना र पेयमा राखिने चिनिको मात्रा घटाउनुहोस्। दिनहुँ खाने खानेकुरामा हुने चिनिको मात्रालाई विशेष ख्याल गर्नुहोस्।

६) सक्रीय रहने

सक्रीय रहनुहोस। यदि तपाई सुस्त र अल्छी हुनुहुन्छ भने आजै देखि सक्रीय हुनुहोस । ४० वर्षपछि केही घन्टा फटाफट हिड्दा, साईकल चलाउदा वा सामान्य गतिविधिमा व्यस्त हुदा तपाईंको मुटु स्वस्थ हुन्छ । त्यसो त व्यायायम लगायतका शारीरिक गतिविधिबाट स्वास्थ्यमा धेरै फाइदा हुन्छ ।

७) तनावमुक्त रहने

तपाईं स्वस्थ मुटु राख्न चाहानुहुन्छ भने तनाबरहित हुनुहोस्। तनावले मुटुसँग विभिन्न समस्या उत्पन्न हुन्छन्। तनाव दिने हर्मन कोर्टिसोले अस्वस्थ फ्याटमा बृद्धि गरी मुटुको समस्याको खतरा बढाउँछ र अझै चिल्लो, चिनीयुक्त खानाप्रतिको आशक्त बढाउँछ। तसर्थ स्वस्थ मुटुको लागि आजैदेखि तनाबरहित हुनुहोस् ।

मुटु हाम्रो शरीरमा एउटा मात्रै भएको अंग हो जसमा हाम्रो जीवन निर्भर छ । मुटु स्वास्थ्य नभएसम्म जिन्दगी स्वास्थ र खुशी हुन सक्दैन । त्यसैले त्यो कुरा पाउनको लागि नियमित व्यायम गर्ने, मोटोपन घटाउने, ३५ वर्ष भन्दा माथिको मान्छेले नियमित मुटुरोग विशेषज्ञसँग सल्लाह लिनुभयो भने तपाईको मुटु स्वास्थ रहन्छ ।

प्रतिक्रिया दिनुहोस्